नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नौ महिनाको नाफा ९८ करोड ७३ लाख
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिना अर्थात् तेस्रो त्रैमासिक अवधिमा ९८ करोड ७३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिमा १७ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब १६ करोड १८ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा ९९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४८ करोड २५ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९५ करोड २८ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा खराब कर्जाको मात्रा शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब आठ करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ४४ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा खराब कर्जा शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया