नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
काठमाडौं,नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता, विज्ञान प्रविधि र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धमा सम्झौता भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर अल थानीबीच बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालको तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री दाहाल र कतारी राजा अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको आपसी चासो, सम्बन्ध विस्तार र साझा हितका बारेमा छलफल भएको थियो । द्विपक्षीय भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, र अर्थमन्त्री वर्षमान पुनलगायत पनि सहभागी थिए ।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आएका थिए । कतारी अमिर अल थानीले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । राजकीय भ्रमण सकेर कतरका अमिर अल थानी बुधबार दिउँसो दुई बजे काठमाडौंबाट स्वदेश फिर्ता भए । उनको बिदाइमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू र मुख्यसचिव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । यस्तै, मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगस्टमा राजदूतावास स्थापना गरेको थियो ।
क्याटेगोरी : नेपाल, पर्यटन उधोग, श्रम, पूर्वाधार विकास / उर्जा, बिशेष, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
- सन्दीप लामिछानेले अमेरिकाको ‘भिसा पाएनन्’, क्यानले अब के गर्ला ?
- भारतसँगका पर्साका सीमानाका बन्द
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया