तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौ, अहिले वित्तीय प्रणालीमा अधिक तरलता छ । निक्षेप दैनिक बढ्दो क्रममा छ भने कर्जाको माग न्यून हुँदा बैंक तथा वित्तीय संस्थामा दैनिक निक्षेप बढिरहेको छ । केन्द्रीय बैंकले आज बिहीबार मात्रै ३५ अर्ब रुपैयाँ १४ दिनका लागि बैंकिङ प्रणालीबाट तान्दै छ । वित्तीय प्रणालीमा अधिक तरलता देखिएकाले केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत सो रकम प्रशोचन गर्न लागेको हो ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एउटा उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्छ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।
आफूसँग अधिक तरलता भएका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण खरिद गरी अधिक तरलता व्यवस्थापन गर्न सक्छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मको निक्षेप संकलन उपकरण खरिद आवेदन दिन सक्नेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।
तरलता परीक्षण गर्न निक्षेप पठाउ“दै
वित्तीय प्रणालीको तरलता परीक्षण गर्न केन्द्रीय बैंकले निक्षेप पठाउने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नेगरी पठाउन लागेको हो ।राष्ट्र बैकले एक अर्ब ९४ करोड ४५ लाख रुपैयाँ निक्षेप पठाउन लागेको हो । त्यसका लागि बैंकले प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणमा रकम लगानीको लागि प्रस्ताव आह्वान गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले यही वैशाख १४ गतेसम्म लगानी गर्न चाहेको रकम र ब्याज तोकेर आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा एक अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, विकास बैंकहरूमा २९ करोड १६ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा नौ करोड ७२ लाख रुपैयाँ निक्षेप राख्ने जनाएको छ । सोही रकमका लागि बैंक तथा वित्तीय संस्थाले आवेदन दिनुपर्नेछ । निक्षेप लगानीको अवधि तीन सय ६६ दिन अर्थात् २०८१ जेठ ३ देखि २०८२ जेठ २ गतेसम्म तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधान तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछिको रहेको लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
- सन्दीप लामिछानेले अमेरिकाको ‘भिसा पाएनन्’, क्यानले अब के गर्ला ?
- भारतसँगका पर्साका सीमानाका बन्द
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया