प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारपानीको सेवनले रोगप्रतिरोधात्मक शक्ति बढाउने कुरा संसद्लाई सम्बोधनका क्रममा बताएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई खुइल्याउने र उडाउने लहर नै चलेको छ । आफैँ पनि रोगको भुक्तभोगी भएकाले पनि प्रधानमन्त्रीको त्यो सुझावलाई यति साह्रै उडाउनु आवश्यक थिएन ।
प्रधानमन्त्री ओलीले हरेक नेपालीको भान्सामा बेसार, नुन, जिरा, अदुवा, मरिच, टिमुरजस्ता जडीबुटीको उपयोग हुन्छ भन्नु अन्यथा होइन । नेपालीका भान्सामा दाल, तरकारी र अचारमा यी सबैको पाएसम्म उपयोग हुन्छ नै । प्रधानमन्त्रीले त्यो कुरा भन्दैमा त्यसैलाई खिसिट्युरीको विषय बनाइरहन आवश्यक थिएन । जुन–जुन चिकित्सकले सस्तो लोकप्रियताका लागि टिभीमा ‘बाइट’ दिएका छन्, ती पनि नुन, बेसार, जिरा, मरिच, मेथी नहालेको दाल, तरकारी र आचार खाँदैनन् होला । अझ पाएसम्म जिम्बु, ज्वानो, धनिया, खुर्सानी, वीरे नुन र मिलेदेखि हिङ पनि हालेर खालान् । तर उनैले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई खुइल्याउन न्वारनदेखिको बल लगाएका छन् ।
यस्ता खाना खाएकाले पनि नेपालीको प्रतिरोधी शक्ति बढी होला भन्नु कुनै झूठ पनि होइन । त्यसलाई झूठा र अप्रमाणित कुरा भनेर बदख्वाइँ गर्नेले कि प्रमाणित गरेर देखाउन सक्नुपर्दछ कि त चुपचाप बस्नुपर्दछ । तर आफ्नो भान्सामा चाहिँ सधैं बेसार, जिरा, मरिच, ज्वानो, धनियाँ, अदुवा, लसुन, प्याज, हिङ, वीरे नुन, जिम्बु, केही पनि छुटाउन नहुनेले बाहिर अर्काे (उल्टो) टिप्पणी गरेको सुहाउँदैन । त्यतिका मानिसले समाजले पत्याउने कुरा गर्नुपर्दछ, होइन भने व्यवहारमै ती कुरा बहिष्कार गरेर देखाउन सक्नुपर्दछ ।
हाम्रो समाजमा बेसारे कुरा भनेको नपत्याउने, झूठ कुरा हो । हो, बेसार पानीको प्रसंग प्रधानमन्त्री ओलीले उठाएका हुन्, तर बेसारे कुराचाहिँ उनका विरोधीहरुले गरेका छन् । त्यस्तो गर्नुहुँदैन । यसरी समाजलाई दिग्भ्रमित गर्न खोज्नु पनि अपराध हो । कोरोना महामारीले मानवसभ्यता नै आक्रान्त छ । यो मानव जातिको अदृश्य दुश्मन हो । वैज्ञानिकहरुले अहिलेसम्म यसको औषधि विकास गर्नसकेका छैनन् तर प्रयास गरिरहेका छन् । के गर्दा कोरोना निको होला भन्ने सबैलाई चिन्ता छ, बाँचिने हो कि होइन, अब के होला भन्ने पनि उत्तिकै चिन्ता छ ।
विश्वका अत्यन्त विकसित राष्ट्रहरु पनि कोरोना संक्रमणबाट थला परेका छन् । यसबाट जोगिन प्रतिरोधात्मक शक्ति बढाउन संसारका कुनै पनि ठाउँमा आ–आफ्नै परम्पराअनुसारका घरेलु उपाय नअपनाइएका पनि छैनन् तर घरेलु उपाय अपनाउँदैमा विश्व स्वास्थ्य संगठनले अपनाएको मापदण्ड र गाइडलाइनलाई पनि कसैले अवज्ञा गरेका छैनन् । तैपनि कोरोना संक्रमण बढ्दै गएको छ । यस्टो अवस्थामा हाम्रो प्रधानमन्त्री ओलीले पनि आफ्नो परम्परागत घरेलु उपचार विधिका बारेमा बोल्नु कुनै बेइमानी होइन ।
विश्व स्वास्थ्य संगठनको गाइडलाइन अस्वीकार गरेर बेसार पानी मात्र खाऊ भनेको भए प्रधानमन्त्रीको कुरा आलोचनाको विषय हुनसक्थ्यो तर विश्व नै थला परिसकेको अवस्थामा आफ्नो नागरिकलाई घरेलु विधि पनि नछाड भन्नु कुन अपराध हो, बुझ्न नसकिने विषय बनेको छ । प्रधानमन्त्रीको यो कथनलाई आफ्नो राजनीति अभीष्ट पूरा गर्ने हत्कण्डा बनाउन खोज्नु जनताप्रतिको ठूलो बेइमानी हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया