सुबास बस्नेत
दोलखा, असार १९
दोलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दोलखामा कोराना संक्रमितको संख्या पाँच जना पुगेको छ । संक्रमित पाँचमध्ये भने एक जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार वैदेशिक रोजगारीबाट आई भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा बिहीबार कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित पुरुषको स्वाब असार १४ गते संकलन गरी काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको थियो । बिहीबार पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
त्यसैगरी दोलखामा असार १४ गते गौरीशंकर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको थियो । गत जेठमा कोरोना संक्रमण देखिएकी बैतेश्वर गाउँपालिकाकी एक महिला भने कोरोना संक्रमण मुक्त भइसकेकी छन् । गत जेठ महिनामा नै कोरोना संक्रमण देखिएका भीमेश्वर नगरपालिकाका एक वृद्धको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने बिहीबार दोलखाका १ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । तर स्वास्थ्य कार्यालय दोलखाले भने एक पुरुषमा मात्रै संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएको भनिएकी महिलाको विषयमा जानकारी लिइरहेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया