Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेल–पे सेवा र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता

सेल–पे सेवा र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता


काठमाडौं, साउन १३
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेल–पे सेवाले रिलायबल लाइफ इन्स्योेरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सम्झौता गरेको छ । सम्झौतामा रिलायबल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र सेलकमका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् अब रिलायबल लाइफका ग्राहकहरूले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्नुपर्ने बाध्यता हटेको छ । सजिलै सेल–पे एप वा वेब एप्लिकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्न का लागि सेल–पे मा आफ्नो खाता लिंक गरी सजिलै बिनाझन्झट, कुनै पनि समयमा रकम तिर्न सकिनेछ ।

यसका लागि ग्राहकले सेल–पे मा लगइन गरी बीमा अप्सनमा क्लिक गर्नुहोस्, रिलायबल लाइफ छनौट गरी आफ्नो पोलिसि नम्बर र जन्ममिति राखेपछि आफ्नो बीमा विवरण चेक गरी देखाएको प्रिमियमको ‘रकम पे’ बटन थिच्नुुपर्नेछ र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्नुुपर्नेछ । कम्पनीका अनुसार ग्राहकको सम्पूर्ण भुक्तानीहरू ट्रान्सजिक्सन हिस्ट्री सेक्सनबाट सजिलै हेर्न सकिनेछ ।

सेल–पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेल–पेका अन्य विशेषताहरूमा वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाइने रहेको छ ।

सेल–पेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोभिड १९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबार, पीटूपी, पीटूबी, बीटूपी र बीटूबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सक्नेछन । सेल–पे सेवासँग आबद्ध भएका बैंकहरूका ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन् । सेल–पे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया