काठमाडौं, साउन १८
नेपाल इन्भेष्टर फोरमले नेपाल धितोपत्र बोर्डलाई मायाको चिनो अर्थात् टोकन अफ लभ दिएको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर उक्त चिनो दिएको फोरमले जानकारी दिएको छ । फोरमका अनुसार धितोपत्र बोर्डको २८औँ वार्षिक उत्सवमा उक्त चिनो दिने भनिए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण असहज परिस्थिति सिर्जना भएकाले शुक्रबार प्रदान गरिएको फोरमले जनाएको छ । चिनो हस्तान्तरण कार्यक्रममा फोरमका तर्फबाट अन्य पदाधिकारीसहित धितोपत्र बोर्डका निर्देशकहरू र लगानीकर्ता संघका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया