ट्राफिक कार्यालय दोलखाद्वारा ३३ लाख राजस्व संकलन
सुबास बस्नेत
दोलखा, साउन २३
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०७६/०७७ को आन्तरिक आम्दानी ०७५/०७६ को तुलना कम संकलन भएको पाइएको छ । कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ४२ लाख २६ हजार राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा भने ३३ लाख २६ हजार पाँच सय रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।
आव ०७५/०७६ तुलनामा गत आवमा नौ लाख रूपैयाँ राजस्व कम उठेको हो । गत आर्थिक वर्षको अन्तिम चौमासिक नै कोरोना महामारीका कारण देश पूर्ण लकडाउनमा गएको कारण राजस्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख गोकर्ण नेपालले जानकारी दिए । गत आर्थिक वर्षको असोज महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको थियो ।
असोजमा मात्रै ट्राफिक कार्यालयले चार लाख ४२ हजार दुई सय राजस्व जम्मा गरेको थियो । त्यस्तै गत आर्थिक वर्षको जेठमा सबैभन्दा कम ६८ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए । गत आर्थिक वर्षमा जम्मा भएको सबै रकम ट्राफिक नियम उलंघन गर्ने चार हजार पाँच सय ४७ वटा साना–ठूला सवारी साधनबाट जम्मा भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा निमित्त कार्यालय प्रमुख राजकुमार दुलालका अनुसार गत आर्थिक वर्षमा चार सय ८४ वटा बस कारबाहीमा परेका छन्, जसबाट तीन लाख ६० हजार पाँच सय रूपैयाँ राजस्व उठेको छ । त्यसैगरी एक हजार तीन सय ४२ वटा ट्रकबाट नौ लाख ४१ हजार पाँच सय रूपैयाँ र एक हजार ८४ वटा कार तथा जीपबाट आठ लाख ४१ हजार पाँच सय रूपैयाँ राजस्व उठेको हो ।
त्यस्तै ट्राफिक नियमविपरीत चलेका र नियम उलंघन गर्ने दुई सय ७८ वटा ट्र्याक्टरबाट दुई लाख १५ हजार पाँच सय राजस्व उठेको छ । एक हजार तीन सय ५६ वटा मोटरसाइकलबाट नौ लाख ६० हजार पाँच सय राजस्व जम्मा भएको छ भने दुईवटा जेसिबीवाट १० हजार राजस्व गरी गत आर्थिक वर्षमा ३३ लाख २६ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया