राष्ट्रिय सहकारी बैंकको नाफा ६८ करोड १८ लाख
काठमाडौं, साउन २३
राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई अर्ब २२ करोड ३८ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४६ अर्ब ८८ करोड ३० लाख ६१ हजार रुपैयाँ निक्षेप संंकलन गरी २६ अर्ब ६९ करोड ८५ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १० करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम ३७ करोड ५७ लाख ४१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७० प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले २७ अर्ब ९७ करोड ८१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब २२ करोड एक लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले ९२ करोड २२ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जा एक दशमलव ३४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया