सिभिल बैंकको नवौं वार्षिक साधारणसभा
काठमाडौं, पुस ७
सिभिल बैंक लिमिटेडले नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आइतबार अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिसेयर छ दशमलव ५७ प्रतिशतका दरले ५२ करोड ५८ लाख २२ हजार सात सय एक रूपैया ५८ पैसा मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।
सभाले आव २०७६/०७७को लेखापरीक्षण गर्नको लागि एनबीएसएम एसोएिट्सलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक–आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुनेवा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तररूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरूले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ट रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या एक सय दुुईवटा र एटीएम संख्या ७६ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया