एनएमबी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं, साउन २७
एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन २६ गते अर्थात सोमबारबाट लागू हुुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले हाल ग्राहकहरूबीच ३७ प्रकारका साधारण बचत खाता सञ्चालन गरेको छ । यी खाताहरूमा बैंकले न्यूनतम एक प्रतिशतदेखि अधिकतम आठ दशमलव २५ प्रतिशतसम्म तोकेको छ । यसैगरी बैंकले व्यक्तिगत मुद्दतीमा पाँच दशमलव ५० प्रतिशतदेखि सात दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने संस्थागत मुद्दतीमा सात प्रतिशतदेखि सात दशमलव १० प्रतिशतसम्म ब्याज उपलब्ध गराउने घोषणा गरेको छ ।
बैंकको हाल बेसरेट आठ दशमलव ९५ प्रतिशत र स्प्रेड दर चार दशमलव पाँच प्रतिशत रहेको छ । कर्जातर्फ भने बैंकले हाल सबै प्रकारका गरी ५६ प्रकारका कर्जा योजनाहरू सञ्चालन गर्दै आएको छ । यसमा न्यूनतम १० दशमलव ९५ प्रतिशत देखि १३ दशमलव ९६ प्रतिशतसम्म ब्याज तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया