ललितपर, पुस ८
बेनेली मोटरसाइकलको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रालिले ललितपरको ग्वार्कोमा दोस्रोे बेनेली शोरूमको उद्घाटन गरेको छ । ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले बताएको छ । युनिटी ट्रेडिङले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्ने जनाएको छ । यसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राइडरहरुलाई फाइदा पु-याउने कम्पनीको दाबी रहेको छ ।
कम्पनीका अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेण्टीको रहेको छ । बेनेलीले १५० सीसीको टिएनटी १५ र टीएनटी १५० आई प्रस्तुत गरेको छ, जसको मूल्य क्रमश दुई लाख ३० हजार र ती लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको बीएन २५१ पनि २५० सीसीमा उपलब्ध रहेको छ । यसको बजार मूल्य पाँच लाख २० हजार रहेको कम्पनीले जनाएको छ । कम्पनीको लियोनसियो २५० र टिआरके २५१ को मूल्य भने छ लाख ३० हजार तोकिएको छ ।
बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक राजन जोशीको अनुसार यी सबै मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो । यसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको कम्पनीले बताएको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच बेग्लै पहिचान बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया