बैंक अफ काठमाडौँको नाफा एक अर्ब ४७ करोड
काठमाडौं भदौ १२
बैंक अफ काठमाडौँ (बीओके)ले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
- कुलमानले गराए प्राधिकरणलाई अपूरणीय क्षति, प्राधिकरणले दाबी गरेको करिब २७ अर्ब नाफा नक्कली भएको लाल आयोगको निष्कर्ष
- मुलुकको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब
- बैंकिङ क्षेत्रमा कर्जा खाता कति ? बैंकहरूमा निक्षेप खाता ४७ लाख नाघ्यो
- पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
- काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया