Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजानकी फाइनान्सको नाफा घट्यो

जानकी फाइनान्सको नाफा घट्यो


काठमाडौं, भदौ २१
जानकी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा आठ करोड ५७ लाख ९८ हजार एक सय नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा ११ करोड ६५ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६० करोड चार लाख ११ हजार एक सय रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई अर्ब ४८ करोड १८ लाख ६० हजार २५ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब २२ करोड २३ लाख ६४ हजार आठ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १८ करोड ८७ लाख ९८ हजार नौ सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ९१ प्रतिशत रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले दुई अर्ब तीन करोड ८३ लाख ६९ हजार छ सय २४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १० करोड ३१ लाख ९१ हजार पाँच सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा १८ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया