काठमाडौं, भदौ २३
सेयर बजार परिसूचक पुुन ओरालो लागेको छ । साताको दोेस्रो कारोबार दिन सोमबार पनि बजार परिसूचक १२ दशमलव १७ अंकले ओरालो लागेर १४ सय ८७ दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले ओरालो लागेर दुई सय ९८ दशमलव ६४ अंकमा झरेको छ । यसदिन कुल एक सय ९२ कम्पनीहरूको कारोबार भएको छ । जसअनुसार २८ हजार ७८ वटा कारोबारमा ५५ लाख ९५ हजार पाँच सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुई अर्ब १६ करोड ४९ लाख ३० हजार दुुई सय १४ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार आठवटा समूहको सूचक ओरालो लागेका छन् भने चारवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ३६ अंकले ओरालो लागेर १२ सय नौ दशमलव ३० अंकमा झर्दा विकास बैंक समूहको सूचक १५ दशमलव ८५ अंकले ओरालो लागेर १७ सय ४४ दशमलव ७९ अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव ५३ अंकले ओरालो लागेर एक हजार ७२ दशमलव ९५ अंकमा झरेको छ भने निर्जीवन बीमा समूहको सूचक पनि ४६ दशमलव ७६ अंकले ओरालो लागेर सात हजार चार सय दशमलव ९३ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि ९२ दशमलव ५४ अंकले ओरालो लागेर नौ हजार एक सय १६ दशमलव १५ अंकमा झरेकोमा होटल, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई दशमलव ५६, १७ दशमलव ६८ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।
फाइनान्स समूहको सूचक भने शून्य दशमलव तीन अंकले उकालो लागेर छ सय ७३ दशमलव ८१ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि एक दशमलव १५ अंकले उकालो लागेर दुई हजार चार सय ९९ दशमलव १८ अंकमा चढेको छ । यसैगरी ट्रेडिङ र अन्य समूहको सूचक पनि क्रमशः २२ दशमलव ९६ र तीन दशमलव ७९ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको उन्नति सहकार्य लघुुवित्त वित्तीय सस्थाको सेयर मूल्य नौ रुपैयाँ ९१ पैसाले बढेर एक हजार ९८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनिभर्सल पावर लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ७८ पैसाले बढेर एक सय एक रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, नागरिक लगानी कोष आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले घटेर चार सय ३६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ८५ पैसाले घटेर ६८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ४० लाख ३७ हजार ६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको तीन हजार दुुई सय ५० रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ६३ लाख तीन हजार पाँच सय ६९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया