सन्तोष पौडेल
बीरगञ्ज ।
पर्सा जिल्लाकै नमूना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका–२ सानो टिहुकी सेढामा दोस्रो बर्थिङ सेन्टरको स्थापना गरिएको छ । नवनिर्मित बर्थिङ सेन्टरको एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गरेका छन् ।
बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाको पाँचैवटा वडाहरु बर्थिङ सेन्टर स्थापना गरिने बताए । छिपहरमाई गाउँपालिकामा हालसम्म दुईवटा बर्थिङ सेन्टर सञ्चालन रहेको र गा.पा वडा १ मिर्जापुरमा ८० लाखको लागतमा बर्थिङ सेन्टर स्थापना गर्ने गापा अध्यक्ष गुप्ताले बताए ।
अध्यक्ष गुप्ताका अनुसार पहलो बर्थिङ सेन्टर छिपहरमाई गाउँपालिकाको वडा नं ४ तुल्सीवर्वामा, दोस्रो वडा नं २ टिहुकी सेढामा स्थापना भई सञ्चालन समेत भइरहेको छ भने तेस्रो वडा नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भइसकेको र सञ्चालन हुन बाँकी छ । यस बर्थिङ सेन्टरबाट हजारौँ महिलाहरुले लाभ लिने अध्यक्ष गुप्ताको भनाइ छ ।
छिपहरमाई गाउँपालिकामा रहेको बर्थिङ सेन्टरमा प्रसूति गराउन आउने महिलाहरुलाई प्रोत्साहनस्वरुप गाउँपालिकाबाट दुई हजार नगद समेत दिने गरिएको छ । गाउँपालिकाका सबै बर्थिङ सेन्टरमा एम्बुलेन्स समेत राखिने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया