२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र समेत जारी गर्दै सम्पन्न भएको हो ।
दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभर छरिएर रहेका सबै स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषय समेत घोषणापत्रले समेटेको छ । घोषणापत्रले नेपाली नर्सहरु तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएको छ । जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड दिइएको छ ।
त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायत विषय घोषणापत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापनलगायत विषय घोषणापत्रमा समेटिएका छन् । सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुन समेत घोषणापत्रले आह्वान गरेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ । तीन दिनसम्म चलेको सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवाल व्यक्तिहरुले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले बताए । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नोे अभिव्यक्ति दिनुभएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ’, उनले भने ।
घोषणापत्रले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे । तीन दिनको सम्मेलनबाट जारी घोषणापत्र कागजमा मात्रै सीमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो । यसमा सरकारको भूमिका कम देखिकाले सरकारलाई पनि घचघच्याउँदै जानुपर्ने अधिकांश सहभागीले बताएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया