सुत्केरी महिलाका लागि आयोडिन नुन र अण्डा वितरण
बझाङ, पुस ११
बझाङ जिल्लाको सबैभन्दा विकट साइपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलाका लागि गाँउपालिकाले अण्डा र आयोडिन नुन वितरण गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ जाँच गराएबापत र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कुखुराको अण्डासँगै आयोडिनयुक्त नुन वितरण गरिएको साइपाल गाँउपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्र जेठाराले बताए । गाँउपालिकाका सबै सुत्केरी तथा गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने परिपाटीको अन्त्य गर्ने र आमा र शिशुको स्वास्थ्य स्वस्थ राख्ने उद्देश्यले कार्यक्रम तय गरिएको बताइएको छ ।
गर्भावस्थामा चार पटक चेकजाँच गराएबाफत पटकैपिच्छे छवटा अण्डाका दरले वितरण गर्ने र सुत्केरी भएको बेला पाँचवटा अण्डा, सुत्केरी भएको तीन दिन र एक हप्तापछि पुनः चेक जाँच गराएबापत पाँच/पाँचवटाका दरले स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने गरिएको छ । गर्भ जाँचदेखि सुत्केरी भएसम्म एक महिलाले ३९ अण्डा पाउने व्यवस्था छ । यसरी स्वास्थ्य संस्थामा अण्डा उपलब्ध गराउन थालेपछि गर्भ जाँच गराउनेको संख्यामा वृद्धि भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया