अपी पावरले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलायो
काठमाडौं ।
अपी पावर लिमिटेडले एकैपटक दुई आर्थिक वर्र्षको वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर ८ गते एकै पटक १६औँ र १७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीको कार्यालय ट्रेड टावरमा हुने उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको नौ प्रतिशत समेत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयार गरेको छ ।
कम्पनीले सोही वार्षिक साधारणसभामार्फत कर प्रयोजनको लागि दुवै आर्थिक वर्षबाट क्रमशः शून्य दशमलव २६ प्रतिशत र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले सोही वार्षिक साधारणसभामार्फत पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्नेलगायतका प्रस्ताव पारित गर्ने समेतको तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया