महेन्द्र शाही
सोलुखुम्बु, पुस १५
जिल्लाको थुलुङदुधकोशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दूधकोशी नदीमा मोटरेवल पुल निर्माण हुने भएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी महादेव खिम्ती हिराचन जेभिले भ्याटसहित कुल १० करोड १८ लाख १९ हजार सात सय २९ लागत निर्माणको जिम्मा पाएको छ । उक्त पुलको गतशनिबार एक कार्यक्रमका बीच सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शूरवीर), प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङदुधेकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राई, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला समन्वय प्रमुख बीरकुमार राईले संयुक्तरूपमा पुलको शिलान्यास गरेका छन् । गाडी चढेर सिधा सडकमार्गबाट सहजरूपमा हिँड्ने कोशीपारीका नागरिकको सपनालाई समयमै पूरा गर्न सफल हुने आशा व्यक्त गर्दै सांसद राईले सोहीअनुसार काम गर्न निर्देशन दिए ।
कार्यक्रममा आएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा पुल निर्माण कम्पनीका सञ्चालक रबि सिंहले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । जसको लागि बुढीडाँडादेखि दिप्लीघाटसम्मको सडक स्तरोउन्नति लगायतको क्षेत्रमा सहयोग गर्न उनले आग्रह गरेका छन् । उक्त क्षेत्रको सडक साँगुरो तथा ग्रेड नमिलेका कारण मालबहाक गाडी गुड्न समस्या हुने यातायात व्यवसायीको भनाइ छ । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले निर्माण व्यवसायीको कारण जनप्रतिनिधि आलोचित बन्नुपरेको बताए । विभिन्न योजनाको उदाहरण दिँदै उनले दिप्लीघाटमा निर्माण हुने पुलको काममा त्यस्तो अवस्था सृजना नगर्न निर्माण कम्पनीलाई आग्रह गरे । जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकालाई सदरमुकामसँगै अन्तरजिल्ला सिधा सडक सञ्जालमा जोड्ने माध्यम नै दिप्लीघाटको पुल बन्नेछ ।
हिउँदमा ह्युम पाइप राखेर सिधा सडक सञ्चालन गरेको उक्त स्थानमा बेलिब्रिज समेत निर्माणाधीन अवस्थामा छ । गत वर्ष नै प्रदेश सरकारको करिब ४५ लाख बजेटमार्फत निर्माणका आवश्यक सामग्री ल्याइएको भएपनि अहिलेसम्म सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिकले बारम्बार गुनासो गर्ने गरेको प्रदेश सांसद उत्तम बस्नेतको भनाइ छ । उनले बेलिब्रिज निर्माणका क्रममा केही प्राविधिक कारण ढिला भए पनि समयमानै मोटरेबल पुल निर्माणमा सक्दो सहयोग गर्ने बताए । दिप्लीघाटमा पुल निर्माण हुनेभएपछि कोशीपारीका नागरिक भने खुसी भएका छन् । उनीहरूले वर्तमान सरकारले जनताको आवश्यकतालाई पहिचान गरी विकास गरिरहेको प्रतिक्रिया दिएका छन् ।
महाकुलुङ ५ का विकाश राईले दुधकोशी नदीमा सिधा सडक सञ्चालन भएपछि कोशीपारीको विकासमा ठूलो मदत पुग्ने बताए । कोशीपारीको दुई गाउँपालिकाभित्रका १० वडामध्ये अधिकांश वडा सडक सञ्जाल पुगिसकका छन् । दुई वर्षदेखि यता हिउँदको समयमा उक्त क्षेत्रमा सवारी सञ्चालन गर्नको लागि सोही नदीमा ह्यमु पाइप राख्ने गरिएको छ । जुन बेला दैनिक उपभोग्य वस्तु लगायत निर्माणका समग्रीको मूल्य घट्ने गरेको सोताङका स्थानीय छत्र कार्कीले बताए । तर, बर्खामा पानीको बहाब बढेसँगै ह्युम पाइप झिक्दा मानिसले बोकेर खोला वारपार गराउँदा प्रतिकेजी ५० रूपैयाँसम्म मूल्य वृद्धि हुने उनीहरूको भनाइ छ । पुल निर्माण भएपछि उक्त समस्या हट्नेमा कोशीपारीका नागरिक ढुक्क छन् भने सोही क्षेत्रमा पर्ने हुङ्गा खोलामा निर्माण हुने हाइड्रोपावरलाई समेत परियोजना सञ्चालन गर्न बाटो खुला हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया