‘सरकारले निजी क्षेत्रलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न सकेन’
काठमाडौं ।
निजी उद्योगी व्यवसायीलाई सरकारले हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले बताएका छन् । लगानी गर्ने र नयाँ युवाहरूमा उद्यमशील बन्ने चाहना भए पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ ।
उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन तथा नीति नियम बनाउने कानुनी निर्माताहरूको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा चौधरीले नेपालमा धेरैजसो कानुन औद्योगिक क्षेत्रको विकासका लागि बाधक बनेको जानकारी दिए ।
उद्योगी व्यवसायीहरूप्रति नेपालमा कानुन बनाउने निर्माताहरूको हेर्ने दृष्टि नै गलत हुनेहुँदा ऐन कानुन तथा नीति नियमले उद्योगी व्यवसायीलाई बाँध्ने गरेको उनको भनाइ छ । उनले भने– ‘यदि देशमा लागनीको वातावरण बनाएर औद्योगिक क्षेत्रको विकास गरी विदेशीएका युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउनेहरूको सोचमा परिवर्तन ल्याउनुपर्छ ।’
‘आफ्नो जीवन नै उद्योगिक क्षेत्रमा बिताएर अनुभव लिएकालाई नै ऐन कानुन बनाउनेहरूले केही नजान्ने ठान्छन् । यो मानसिकता अन्त्य नभएसम्म देशमा नयाँ लगानीकर्ताको जन्म हुँदैन,’ उनले भने– ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ । म आफैँ दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु । नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोच देशको आर्थिक विकास हुँदैन । जबसम्म यस्ता सोचबाट मुक्ति पाइँदैन तबसम्म मुलुकले आर्थिकरूपमा फड्को मार्न सक्दैन ।’
यसैगरी उनले ऐन कानुन निर्माताहरूमा पनि दक्षता हुनुपर्ने बताए । उनले भने– ‘आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ । अन्य देशको कुरा गर्दा हाम्रोजस्तो कानुनी बाधाहरू छैन । उद्योगी व्यवसायलाई कानुनले बाँध्नेभन्दा पनि सहजीकरण गरिदिए मात्र विदेशी वा स्वादेशी लागनी बढ्छ । हाम्रो देशमा सधैँ कानुनी अर्चन आइरहने हो भने औद्योगिक क्षेत्र विकास अधुरै रहन्छ ।’ आफू उद्योगक्षेत्रमा लागेको ४५ वर्ष भइरहेको अवस्था पनि नेपालमा अझै कानुनी समस्या उस्तै रहेको उनले बताए ।
कानुनी बाधा अर्चनका बाजुत पनि २०४६ सालपछि निजी क्षेत्र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय नेपालीहरू पनि स्वदेशमै केही उद्यमशील बन्न चाहन्छ । तर, उनीहरूलाई उद्यमशील बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन । नयाँ–नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरू उद्यमी बन्नतर्फ लागेका छन् । उनीहरूको प्रोत्साहनका लागि सरकारको केही भूमिका देखिँदैन । राम्रो वातावरण नहुँदा धेरै युवाहरू निराश हुनुपरेको छ ।’ धेरैभन्दा धेरै युवाहरूलाई उद्यमशील बनाउन सरकारले युवाहरूलाई प्रशिक्षणका कक्षहरू सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । कतिपय युवाहरूलाई उद्यमी बन्न चाहेर पनि सही दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नुपर्ने बाध्यता रहेको समेत उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया