काठमाडौँ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कम्पनीले आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द गरिएको हो ।
सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा दश हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । पहिलो आवेदनमा कुनै निवेदन नपरेको जनाउँदै पुनः बोलपत्र आह्वान तयारी गरेकोमा चिनी ल्याउन नसकिने भन्दै प्रक्रिया रद्द गरिएको हो । गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो ।
साल्ट कर्पोरेशनले दशैँअगाडि नै ल्याएको २० हजार मेट्रिक टन चिनी बिक्री भइसकेको भन्दै नयाँ खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुमति मागेको छ । खाद्य कम्पनीले हाल साल्ट कर्पोरेशनबाट चिनी लगेर बिक्री गरिरहेको छ । चाडपर्वलाई ध्यानमा राख्दै गत असोज १५ गतेदेखि आगामी माघ २ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यका पसलमा कर्पाेरेसनको चिनी बिक्री भइरहेको खाद्य कम्पनीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया