ई–सेवा मनी ट्रान्सफर र अलफर्दान एक्सचेन्जबीच सम्झौता
काठमाडौं ।
ई–सेवा मनी ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिहरूले रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता गरेका हुुन् । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरूले ‘अलफर्दान एक्सचेन्ज’ का ६५ वटा शाखाहरूबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम ई–सेवा मनी ट्रान्सफरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ई–सेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्वप्रमुख कार्यकारी अधिकृत ओसामा अल राहमाले हस्ताक्षर गरेका हुुन् ।
ई–सेवा मनी ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । ई–सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्ने उद्देश्य रहेको ई–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया