गुराँस लघुवित्त वित्तीयको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अनुसार सञ्चालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा बुधबार धनकुटास्थित न्यू अन्जुली होटलमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने निर्णय गर्नुको साथै आर्थिक वर्ष २०७७–०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित ग-यो ।
उक्त सभामा सहभागी सेयरधनी महानुभावहरूले कोरोना भाइरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा ग्राहकहरूको संरक्षण तथा विकास गर्दै संस्थाको व्यवसाय वृद्धि गर्न सुझाव दिए । साधारणसभामा सहभागी सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावहरूहरूको लागि धन्यवाद दिँदै सभा अध्यक्षबाट सभा विसर्जन भयो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया