बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई खल्ती लिंक गर्दा एक सय रुपैयाँ बोनस
काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनेछन् । ग्राहकहरूले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैकिङ सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै एक सय रुपैयाँ बोनस प्राप्त गर्ने सक्नेछन ।
यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङको प्रयोगकर्ताहरूले मात्र सहभागी हुन सक्नेछन् । ग्राहकहरूले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरेपछि उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरूको खरिद गर्न सक्नेछन् ।
साथै, बैंकका ग्राहकहरूले वस्तु तथा सेवा खरिदपछि सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया