काठमाडौं ।
ताम्राकार समाजले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । कोभिड–१९ का कारण छात्रवृत्ति वितरण गर्न यसपटक केही ढिलाइ भएको ताम्राकार समाजले जनाएको छ । कोरोना भाइरस तथा लकडाउनका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहेकोले पनि छात्रवृत्ति वितरणमा ढिलाइ भएको समाजको भनाइ छ ।
ताम्राकार समाजले वार्षिक रुपमा गरिँदै आएको छात्रवृत्ति वितरण यसपटक करिब दुई लाख रुपैयाँबराबरको १५ जना विद्यार्थीहरुलाई प्रदान गरेको छ । छात्रवृत्ति वितरण गर्दै समाजका अध्यक्ष रविन्द्र राज ताम्राकारले कोभिडको असर सबैतिर परिरहेको अवस्थामा पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको बताए ।
यस वर्ष ताम्राकार समाजले स्वर्णजयन्ती मनाइरहेको एवं समाजको सामुदायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । छात्रवृत्ति वितरण कार्यक्रममा समाजअन्तर्गतको शिक्षा उपसमितिका संयोजक प्रवल ताम्राकार, समाजका पदाधिकारीहरु, उपसमितिका सदस्यहरु, विद्यार्थीहरुका अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया