बैंक अफ काठमाण्डूले ‘भ्यालेन्टाइन डे’को अवसरमा गरगहना खरिदमा किस्ता छुट दिने
काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि मासिक किस्तामा छुट सुविधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डेमा आफूलाई मन पराउने मायालुलाई उपहार स्वरूप विभिन्न गरगहनाहरू दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरूलाई गरगहना खरिदको लागि मासिक किस्ता सुविधा ल्याएको छ ।
बैंकका अनुसार यो सुविधामा ग्राहकहरूले ४० हजारदेखि पाँच लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्नेछन् । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरूले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरूलाई दुुई महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया