एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत केसीको कार्यकाल थप
काठमाडौं ।
एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितिको यही फागुुन पाँच गते बसेको सञ्चालक समितिको चार सय १५औँ बैठकले प्रमुख कार्यकारी अधिकृत केसीलाई दोस्रो कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । बंैकका अनुसार प्रमुख कार्यकारी केसीको कार्यकाल यही फागुुन मसान्तसम्म मात्र रहेको थियो । उनको थप कार्यकाल यही चैत्र एक गतेदेखि लागू हुने र आगामी चार वर्षसम्मको लागि कायम रहने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया