एसियन पेन्ट्सद्वारा डिजाइन प्रतियोगिताका विजेता घोषणा
काठमाडौं ।
एसियन पेन्ट्सले दि कलाइडोस्कोप आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९÷०२० को विजेताहरु घोषणा गरेको छ । दि कलाइडोस्कोप नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२०२० समाजका भविष्यका नायकहरुको सम्मान गर्न एसियन पेन्ट्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको एक पहलकदमी हो । जसमा बि आर्कको अन्तिम समूहका विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बिको डिजाइन गर्नुपर्ने प्रोजेक्ट थियो । पाँच जना विजेताहरुलाई आइतबार पुरस्कृत गरिएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित एक समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रथम पुरस्कार विजेता आईओई, पूर्वाञ्चल क्याम्पसका शुभम कार्कीले एसियन पेन्ट्सको तर्फबाट ७० हजार र ललितपुर महानगरको तर्फबाट २५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
यस्तै द्वितीय भएकी आईओई, थापाथली क्याम्पसकी सुनिता गुरुङ्गले एसियन पेन्ट्सको तर्फबाट ४० हजार र महानगरको तर्फबाट २० हजार रुपैयाँ तथा तृतीय पुरस्कार विजेता आईओई, थापाथली क्याम्पसकी प्रवासा बज्राचार्यले एसियन पेन्ट्सको तर्फबाट ३० हजार र महानगरको तर्फबाट १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
सान्त्वना पुरस्कारको विजेताद्वय आईओई, थापाथली क्याम्पसका दीप्गेस्ट कटुवाल र आईओई, पुल्चोक क्याम्पसका विवेक हिमालयले दुवैले एसियन पेन्ट्सको तर्फबाट १० हजार र महानगरको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । महानगरपालिकाले अन्य १० जना सहभागीहरुलाई पनि पाँच÷पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ ।
विजेताहरुको चयन आर्किटेक्चर समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर इन्द्र बहादुर श्रेष्ठ, आर्किटेक्चर पूनम शाह, प्राध्यापक श्रीनिवास वीर सिंह कँसाकार, आर्किटेक्चर मिरा ज्ञवाली भट्टराई, आर्किटेक्चर सुरज खनाल र इन्जिनियर श्रीकुमार महर्जन रहेको निर्णायक मण्डलले गरेको हो ।
प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पस तथा इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया