रुकुमपूर्व ।
रुकुमपूर्वका विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् ।
यहाँका तीनवटै स्थानीय तहमै प्रशस्तमात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो अद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताए । ‘जामाबगरमा छ वर्षदेखि अल्लो उद्योग स्थापना गरी उद्योग सञ्चालन गर्दै आए पनि सामग्रीले बजार र परिश्रमअनुसारको मूल्य नपाउँदा घाटा बेहोर्नुपर्ने अवस्था छ’, उनले भने ।
अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलङ्गासम्म पु-याउँदा झनै लागत बढेको उनको भनाइ छ । अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत सफ्टमा परिरहेका उद्योग सञ्चालक बताउँछन् । भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडा सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।
जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग व्यवस्थापनका लागि अल्लोका कपडा तयार गर्ने आधुनिक औजार खरिद र आवश्यक तालिम सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको चार लाख रूपैयाँ र वडाको ५० हजार रूपैयाँ गरी चार लाख ५० हजार रूपैयाँको बजेट विनियोजन गरिएको वडा नं १४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए । अल्लो उद्योग सञ्चालनबाट स्थानीयवासीलाई व्यावसायिक बनाउन सरकारसँगै विभिन्न संघसंस्थाले तालिम दिँदै आए पनि उचित बजार तथा मूल्य नपाउँदा अल्लोबाट घाटा खानु परेको उद्यमी बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया