Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा


काठमाडौं, पुस २४
एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पु-याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दबादी, बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । बैंकले एनआरएन बचत खातामा निःशुल्क एटीएम, इन्टरनेट-मोबाइल बैंकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।

बैंकको सन्तुष्ट ग्राहकहरूको संख्या १० लाखभन्दा बढी रहेको छ, जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ९५ शाखाहरू, तीनवटा एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर र एक सय २२ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया