स्वदेशी र एनआईसी एसिया लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेबाट
काठमाडौं ।
स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आगामी चैत ८ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । स्वदेशी लघुवित्तले दिएको जानकारीअनुसार मर्जरमार्फत दुई संस्थाले एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।
मर्जरको लागि दुवै संस्थाले छुुट्टाछुट्टै रूपमा गत माघ ४ गते वार्षिक साधारणसभा सम्पन्न भएको गरेका थिए । उक्त सभाले स्वीकृत गरेको मर्जरसम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही फागुन २० गते र कम्पनी रजिस्टर्डको कार्यालयले यही फागुन २५ गते स्वीकृति दिएको हो । सोही आधारमा दुवै संस्थाले मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने मिति घोषणा गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया