महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ डा. लम्साललाई
काठमाडौं ।
महालक्ष्मी विकास बैंकले डा. नवराज लम्साललाई सम्मान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिकरूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा यही फागुन २९ गते डा. लम्साललाई सम्मानित गरेको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार रकमबराबरको चेकका साथै सम्मानपत्र डा. लम्साललाई हस्तान्तरण गरेका हुुन ।
साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु-याएको योगदानको कदरस्वरूप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया