कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता
काठमाडौं ।
कुमारी बैंक लिमिटेड र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवाहरूमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापश्चात् मेरिना इम्पेक्सले काठमाडौँको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाहरूबाट सर्टिङ, सुटिङलगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवाहरूमा बैंकको डेबिट, क्रेडिट कार्डबाट भुक्तानी गरेमा कार्डवाहकहरूले २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नसक्नेछन् ।
सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना इम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् । बैंकले हाल देशव्यापीरूपमा एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया