मोरङ व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ विषयक अभिमुखीकरण कार्यक्रम
काठमाडौं ।
मोरङ व्यापार संघ विराटनगरमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मोरङ व्यापार संघको पहल र उद्योग संगठन मोरङको सहकार्यमा संघमा शुक्रबार आयोजित उक्त कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा निर्मित पोर्टलबारे उद्यमी व्यवसायीहरुलाई अभिमुखीकरण दिइएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारको प्रयासमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सञ्चालनमा ल्याएको उक्त पोर्टलबाट निकासीकर्ता/पैठारीकर्ता उद्योगी व्यवसायीहरुले मुलुकको निकासी पैठारी गतिविधिहरुबारे आवश्यक जानकारी विद्युतीय माध्यमबाट सहजै प्राप्त गर्नसक्ने हुँदा सो पोर्टल अत्यन्त जानकारीमूलक, लाभदायी, भरपर्दो र समय सान्दर्भिक रहेको बताए । साथै, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारद्वारा निर्मित सो पोर्टलले उद्यमी व्यवसायीहरुको समय बचत गर्न एवं अन्योल न्यूनीकरण गर्न विशेष मद्दत पुग्ने बताए ।
कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुुरका नायव कार्यकारी निर्देशक सुयस खनालको उपस्थिति रहेको थियो भने केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले नेपाल ट्रेड इन्फर्मेसन पोर्टलको अभिमुखीकरण दिएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतमा रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले मुलुकको निकासी पैठारी गतिविधिहरुको संगालो र विश्लेषण हुने गरी उक्त पोर्टल तयार पारेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया