भारतद्वारा २६ अर्ब ११ करोड डलरको सुन आयात
नयाँ दिल्ली ।
चालू आर्थिक वर्ष २०२०/०२१ मा भारतको सुन आयात ३.३ प्रतिशतले घटेको छ । भारतको वाणिज्य मन्त्रालयले जनाएअनुसार यो वर्ष सुन आयात उक्त दरले घटेर २६ अर्ब ११ करोड अमेरिकी डलर पुगेको छ ।
सुन आयातले देशको चालू खाताा घाटालाई प्रभावित गर्छ । पछिल्लो वर्ष भने भारतको सुन आयात २७ अर्ब अमेरिकी डलर रहेको थियो । मन्त्रालयको तथ्यांकअनुसार सुन आयात घट्दा व्यापारघाटालाई भने राहत भएको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापारघाटाा घटेर ८४ अर्ब ६२ करोड अमेरिकी डलर रहेको छ । एक वर्षअघि सोही समयमा एक खर्ब ५१ अर्ब ३७ करोड डलर थियो ।
भारत विश्वकै धेरै सुन आयात गर्ने देश हो । आभूषण तथा गरगहना उद्योगको माग पूरा गर्न भारतले ठूलो परिमाणमा सुन आयात गर्दै आएको छ । वार्षिक रुपमा भारतले आठ सयदेखि नौ सय टनसम्म सुन आयात गर्छ । यसपटक भारत सरकारले आभूषण निर्यातलाई प्रोत्साहन गर्न बजेटमै सुन आयात शुल्क ७.५ प्रतिशतले घटाएको छ । तर साढे दुई प्रतिशतको कृषि संरचना र विकास कर लगाएको छ । चालू आवको पहिलो ११ महिनामा भारतबाट रत्न तथा आभूषणको निर्यात ३३.८६ प्रतिशतले घटेर २२ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।
फेब्रुअरी महिनामा भने सुनको आयात बढेर पाँच अर्ब ३० करोड डलरसम्म पुगेको थियो । पछिल्लो वर्ष सोही अवधिमा यस्तो आयात दुई अर्ब ३६ करोड अमेरिकी डलर थियो । अप्रिल–फेब्रुअरी अवधिमा चाँदीको आयात ७०.३ प्रतिशतले घटेर ७८ करोड सात लाख अमेरिकी डलर पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर
- सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया