महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता
काठमाडौँ ।
नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकी र दिपक पाठकले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
पाठक प्रधानमन्त्री केपी ओली निकट पत्रकार हुन । खुल्ला उपाध्यक्ष्मा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले पनि उम्मेदवारी दिएका छन् ।प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा प्रगतिशील – व्यावसायिक – समावेशी –राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी छिन् ।
सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिनुभएको छ । महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदै छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया