नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः प्रधान
काठमाडौं ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय डिलर्स एसोसिएसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान विजयी भएका हुन् । साधारणसभा २० र २१ गते भएको थियो ।
निर्वाचनमा प्रधानले तीन सय दुई मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याए । विजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् । अरु सबै पदहरुमा प्रधान समूहबाट उम्मेदवारी दिएका निर्वाचित भए । आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथग्रहण समारोहपछि नवनिर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालनको लागि लाइसेन्स दिँदा वैज्ञानिक आधारमा दिनुपर्ने विषयमा एसोसिएसनले काम गर्ने बताए ।
त्यसैगरी निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ एसोसिएसनले पहल गर्ने, लागतअनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतीय स्टेसन विस्तारको लागि पहल गर्ने विषयमा एसोसिएसनले काम गर्ने बताए ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले वैशाख ३ देखि मुलुकभर विद्युतीय माध्यमबाट कारोबार गर्ने बताउँदै त्यस्को लागि सातै प्रदेशमा सो सम्बन्धमा आवश्यक कार्य सुरु गरिसकेको जानकारी गराए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया