सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई पाँच लाख रुपैयाँ सहयोग
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले हेल्प नेपाल नेटवर्कलाई रकम सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरूप पाँच लाख रुपैयाँ प्रदान गरिएको हो । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी श्रीनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतलाई हस्तान्तरण गरेकी हुन् ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भीमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ । नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु-याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पु-याएको यो सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केही हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया