वर्ल्ड वार फोर इन्डगेम सार्वजनिक
काठमाडौं ।
एस्ट्रिक टेक्नोलोजी कम्पनीले वल्ड वार फोर इन्डगेम सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोरमार्फत उक्त गेम सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो एउटा यस्तो गेमहो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । त्यस अवस्थामा विश्वमा केबल आठ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ, जसमा अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन् ।
गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक चार घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक दुई घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी चार करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक सात दिनमा फरक–फरक करियर छनौट गर्न पाउनेछन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया