‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना
काठमाडौं ।
रिद्धिसिद्धि सिमेन्टले नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुलाई ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना सञ्चालनमा ल्याएको छ । निर्माणकार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित कम्पनीले केही महिनाअघि ल्याएको उक्त योजनालाई नयाँ वर्षदेखि लागू गरेको हो ।
कम्पनीले नयाँ वर्ष २०७८ को शुभावसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेटस्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश पाँच थान, चाँदीको कछुवा एक थान, चाँदीको नाग र नागिन एक जोडी, चाँदीको सिक्का १० ग्राम एक थान, हात्तीको प्रतिमा एक थान, जौ, तील, कुश एक प्याकेट, पञ्चरत्न धातु एक थान, सलाई एक थान, बाटेको धूप एक प्याकेट र कपूर एक थान रहनेछ । योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।
साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्युआर कोड स्क्यान गरी रिद्धिसिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धिसिद्धि सिमेन्टको आधिकारिक बिक्रेतामा सम्पर्क राख्नुपर्नेछ । यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागू हुने कम्पनीले जनाएको छ । यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया