चालक र कामदार मात्रै राखी आपूर्ति व्यवस्था सहज बनाइँदै
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज बनाउने भएको छ । यसका लागि ढुवानीकर्ताले प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता÷आबद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति ढुवानीकर्ता अर्थात् चालक र कामदार कर्मचारीले समेत राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज बनाउनको लागि प्रयोग गरिने सवारीसाधनबारे प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई जानकारी गराई ढुवानी सेवा सहज बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । योसँगै अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज हुने मन्त्रालयले जनाएको छ ।
दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरूको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग तथा संस्थाहरूले आयात, ढुवानी, सञ्चय र वितरण गर्नका लागि प्रयोग हुने सवारीसाधनको किसिम सहित संलग्न कामदार कर्मचारीहरूको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रबाट प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराई सहज ढुवानी गर्न आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुको साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्ने गरी अगाडि भागमा ब्यानर राख्न आग्रह गरेको छ ।
यसैबीच दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीसाधनमा चालक र कामदार कर्मचारीबाहेक अन्य व्यक्ति भने राख्न पाइनेछैन । निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि ढुवानीमा समस्या देखिएको थियो ।
मुलुकभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट निषेधाज्ञा आदेश जारी भएकोले सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउन नेपाल सरकारका सम्बद्ध निकायहरू तथा निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधहरूको संयुक्त छलफलमार्फत मन्त्रालयले उक्त निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्नेलाई प्रहरीले हस्तेक्षप गरेको थियो । बल्खु, कालीमाटीलगायत उपत्यकाको विभिन्न क्षेत्रमा पछिल्ला दिनमा ढुवानीका सवारीसाधन नियन्त्रणमा लिइएको थियो । योसँगै उपत्यका र यसआसपासका क्षेत्रमा अत्यावश्यक वस्तुहरूको ढुवानी तथा आपूर्ति प्रणालीमा समस्या आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया