एड्भान्स्ड कलेज र राष्ट्रसंघको स्वयंसेवी नियोगसँगको सहकार्यमा अन्तर्सञ्जाल सम्मेलन
काठमाडौं ।
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसंघीय स्वयंसेवी नियोगसँगको सहकार्यमा अन्तर्सञ्जाल सम्मेलन सम्पन्न गरेको छ । ‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोग थाइल्यान्ड क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिन तथा पिस क्रप्स नेपालका राष्ट्रिय निर्देशक म्याट टुल्लीले कार्यक्रम सञ्चालनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोग थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयंसेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा महत्वपूर्ण निर्देशन प्रदान गरे । संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोगको अङ्ग कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराउँदै उनले महामारीको अवधिमा स्वयंसेवकहरूलाई संस्थाले कसरी प्रोत्साहन गरिरहेको छ भन्ने विषयमा पनि प्रकाश पारे ।
पिस कर्प्स नेपालका कार्यवाहक राष्ट्रिय निर्देशक म्याट टुल्लीले स्वयंसेवाको महत्वबारे प्रकाश पार्दै पछिल्ला केही दशकमा पिस कप्र्स नामक संस्थाद्वारा अमेरिकी नागरिकहरूलाई समेत सिकाइको अवसर हुने गरी नेपाललाई कसरी योगदान गरिरहेको छ भन्ने विषयमा चर्चा गरे । उनले नेपालका स्थानीय समुदायले पनि वर्तमान संकटका समयमा योगदान गरिरहेको बताए । एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयंसेवाका क्षेत्रमा युवावर्गलाई प्रोत्साहन गर्दै यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रवर्द्धन गर्ने पनि बताए ।
प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाहरूका माध्यमबाट एड्भान्स्ड कलेजले बहुआयामिक विद्यार्थीकेन्द्रित क्रियाकलापलाई विस्तृतीकरण गर्दै आइरहेको छ । त्यस किसिमका समुदायमा आधारित प्रयोगशालाहरू देशका विभिन्न भागमा सञ्चालन गर्ने संस्थाको योजना रहेको छ ।
उक्त अन्तर्सञ्जाल सम्मेलनको सञ्चालन एड्भान्सड कलेजको रिसर्च एन्ड इनोभेसन एकाइकी सदस्य तथा नेपालकी प्रसिद्ध युवा वैज्ञानिक डा. प्रतिभा पाण्डेले गरेकी थिइन् । युवावर्ग र स्वयंसेवाप्रति आफ्नो दृष्टिकोण राख्दै उनले नेतृत्व, आत्मविश्वास र सामूहिक कार्यको सीप विकासद्वारा यसले कसरी युवावर्गको जीवनवृत्तिमा लाभ प्रदान गर्छ भन्ने विषयमा प्रस्ट पारिन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया