प्रहरी अस्पतालमा डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालन
काठमाडौं ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका एक सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ ।
कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङ्क, अक्सिजन स्टोरेज ट्याङ्क, सिलिण्डर फिलिङ स्टेसनलगायतका उपकरण राखिएको उक्त सिस्टम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (यूएनओपीएस) को सहयोगमा करिब तीन करोड रूपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उक्त सिस्टमको निरीक्षण गर्नुका साथै यसले काम गर्ने पद्धतिका बारेमा समेत जानकारी लिएका छन् । साथै उनले अस्पतालका विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका बेड, पीसीआर परीक्षणस्थललगायतको निरीक्षण गरे ।
प्रहरी महानिरीक्षक क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पु-याउने यूएनओपीएसलाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मकरूपमा अझै राम्रो हुने बताए ।
यस्तै उनले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकीकृत प्रयास गरी काम गर्नुपर्ने बताए । राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगतरूपमा लड्यौँ भने वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उनको भनाइ थियो ।
चुनौतीपूर्ण अवस्थामा जोखिम मोल्दै अस्पतालले राम्रो काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा समेत चुनौतीलाई अवसरको रूपमा लिएर चनाखो भई इमानदारपूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
उपचारको साथै बिरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, बिरामीको अवस्था बुझ्नको लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया