बिजुलीबजारको आर्क ब्रिजमुनिको ट्र्याक तत्काल व्यवस्थित गर्न निर्देशन
काठमाडौं ।
उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरस्थित बिजुलीबजारको आर्क ब्रिजमुनिको ट्र्याक तत्काल व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा सोमबार बिजुलीबजार पुगेकी उनले पुलमुनिको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन् ।
करिब छ महिनाअघि सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्र्याक तत्काल खोल्न आग्रह गरेका थिए । त्यसको करिब १५ दिनपिछि सो ट्र्याक खुलेको थियो । ट्र्याक खुले पनि खानेपानीको पाइपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो ।
विकास आयुक्त ढकालले सकेसम्म चालू आवमा सो ट्र्याकलाई व्यवस्थित बनाउने जानकारी समेत दिएकी छिन् । राजधानीको सावारी जाम कम गर्न महत्वपूर्ण धोबीखोला करिडोरको क्षेत्रमा समस्या देखिएका सबै बाटो खोल्ने उनको भनाइ थियो ।
आगामी आवमा धोबीखोला करिडोरको सबै काम पूरा गर्ने उनले बताइन् । धोबीखोला करिडोर आयोजनाका प्रमुख दिनेश पोतेसहितको टोलीसँगै निरीक्षण गर्न पुगेकी ढकालले हाल देखिएको समस्या समाधान गर्न सबै सरोकारवाला, स्थानीय टोल सुधार समितिको बैठक बोलाएर निर्णय गर्ने बताइन् ।
आयोजना प्रमुख पोतेले करिडोरको हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । करिडोर निर्माण सम्पन्न गर्न अब करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको उनको भनाइ छ । टोलीले बुढानिलकण्ठ नजिक रहेको तेस्रो चरणको कामको निरीक्षण गरेको थियो ।
निरीक्षण गर्ने क्रममा आयोजना प्रमुख पोतेले करिब तीनवटा घरको मुआब्जा विवादको कारण निलोपुल क्षेत्रमा काम गर्न समस्या परेको बताए । ११ वर्षअघि सुरु भएको सो आयोजनामा हालसम्म तीन अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ ।
साढे चार अर्ब रुपैयाँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजनाअन्तर्गत हालसम्म २३ किमि सडक, करिब तीन किमि ढल व्यवस्थापन र निर्माण र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ । विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनिको ट्र्याक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया