प्रहरीद्वारा १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर संकलन
काठमाडौं ।
प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार एक सय सातवटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । तीमध्ये तीन हजार पाँच सय ७६ वटा भरिएका र छ हजार पाँच सय ३१ वटा खाली सिलिन्डर रहेका छन् ।
संकलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म नौ हजार तीन सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै सात सय २९ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् ।
आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ÷संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो ।
नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डरहरु संकलन गरिएको हो । यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघ/संस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
- धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
- सेयर बजारले पत्याएन बजेटलाई
- ‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
- गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
- बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन
- सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड
- महासचिव गुटेरेस र सचिव लम्सालको भेटघाट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया