शरद ऋतुमा अनुमति लिएका पाँच सय ३५ जनाले मात्र हिमाल आरोहण गरे
महेन्द्र शाही
सोलुखुम्बु, माघ २
शरद ऋतुमा हिमाल आरोहण अनुमति लिएकामध्ये ५ सय ३५ जनाले मात्र हिमाल आरोहण गरेका छन । शरद ऋतुमा १ हजार २ सय १० जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा ४४ दसमलव २१ प्रतिशत अर्थात ५ सय ३५ जनाले मात्र आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ ।
विभिन्न ६४ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको भएपनि ५४ देशका नागरिकले मात्रै हिमाल आरोहण गरेको विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार १० देशका नागरिकले भने हिमाल आरोहण गर्न नसकेका हुन् । हिमाल आरोहणका लागि देशका ५३ वटा हिमाल आरोहणका लागी अनुमति लिएको भएपनि २५ वटा हिमालको मात्र यो वर्षको शरद ऋतुमा आरोहण भएको छ ।
यस वर्षको सरद ऋतुमा सबै भन्दा बढीले मनास्लु हिमालको चुचुरोमा टेकेका छन् । मनास्लु हिमालमा मात्र १ सय ८८ जनाले पाइला टेक्न सफल भएकाछन । मनास्लु हिमाल आरोहणका लागि २ सय ६४ जनाले अनुमति लिएका थिए । बाँकी ७६ जनाले हिमाल आरोहणगर्न असफल भएको विभागको तथ्याङकमा उल्लेख छ ।
सबै भन्दा बढि आरोहण अनुमति लिएको आमादब्लम हिमालमा १ सय ८१ जनाले पाईला टेकेका छन् । आमा दब्ल महिमाल आरोहणका लागि ३ सय ४७ जनाले अनुमति लिएका थिए जस मध्ये १ सय ६६ जनाले हिमाल आरोहण गर्न नसकेको जनाइएको छ । त्यस्तै हिमलगु हिमाल आरोहणका लागि अनुमति लिएका ९५ जनामध्ये ३५ जना सफलभएभने ६० जना असफल भए । धौलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएकोमा २३ जनाले आरोहण गरेको र ८ जना आरोहण गर्न सफल भएको जनाइएको छ ।
यो पटकको शरद ऋतुमा सगरमाथा आरोहणका लागि२ समूहका १० जनाले अनुमति लिएको भए पनि कुनै पनि आरोहिले आरोहण गर्न सकेनन् । यो वर्षको शरद ऋतुमा हिमाल आरोहणबाट ६ करोड ५१ लाख ७० हजार २ सय ६० रुपैयाँ रोयल्टी संकलन भएको छ । यसैबीच यो वर्षको हेमन्त ऋतुमा हिमाल आरोहणको अनुमति लिनेको संख्या २७ पुगेको छ । अहिलेसम्म ५ समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म आमादब्लम हिमाल आरोहणका लागि १ समूहको १५ जनाले अनुम तिलिएका छन् । त्यस्तै सगरमाथा आरोहणका लागि २ समूहका ५ जना, नुप्से हिमाल आरोहणका लागि १ समूहका ५ जना र रोक्पाल हिमाल आरोहणका लागि १ समूहका २ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबै आरोही पुरुष रहेको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा बढी २३ जना स्पेनका नागरिक रहेका छन् । त्यस्तै जर्मनीका २ तथा अमेरिका र चीनका १–१ जना रहेका छन् । दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया