महालक्ष्मी विकास बैंकको ‘वैभव’ बचत खाता
काठमाडौं ।
महालक्ष्मी विकास बैंकले वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक पाँच दशमलव ५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याइएको हो । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकहरूले सजिलै यो खाता खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो सेयरजस्ता आवश्यक सुविधाहरूमा प्रथम वर्षको लागि शतप्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया