फौजी कीरा नियन्त्रण गर्न बैतेश्वर गाउँपालिकाको चासो
दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका किसानले लगाएको मकैबालीमा फौजीकीराको प्रकोप बढेपछि गाउँपलालिकाले फौजी नियन्त्रण गर्न चासो देखाएको छ । गाउँपालिकाले प्रत्येक किसानलाई कीरा नियन्त्रण गर्न विषादी वितरण सुरु गरेको हो ।
गाउँपालिकाले फौजीपीडित किसानलाई गाउँपालिकामा बोलाएर स्प्रेय, साइपर मेथिन, कोलोरो साइपर, डाइथिएमलगायतका विषादी निःशुल्क वितरण गर्न सुरु गरेको छ । केही दिनअघि फौजीको प्रकोपले किसान चिन्तित बनेको समाचार आर्थिक दैनिकले प्रकाशित गरेसागै गाउँपालिकाले किसानको मकै बाली सुरक्षा गर्न चासो देखाएको बैतेश्वर गाउँपालिका मिर्गे पाइलेका किसान टहल बहादुर खड्काले जानकारी दिए । बैतेश्वर गाउँपालिकाको ८ वडामध्ये छवटा वडामा खेती गरिएको मकैबालीमा फौजीको प्रकोप देखिएको बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार बैतेश्वर गाउँपालिकाको वडा नम्बर ४ र ५ बाहेक अन्य वडामा अमेरिकन फौजी कीराले धेरै क्षति गरेको हुँदा गाउँपालिकाले फौजीपीडित किसानलाई विषादी वितरण गरेको हो । यो कीराको प्रजातिले मकैको धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ । यसले मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पु¥याउने गरेको बाली वैज्ञानिकहरूको भनाइ छ । प्रकोप रोक्न समयमै कीरा मार्न प्रयोग हुने विषादी प्रयोग गरेर कीरा मार्न सकिने गाउँपालिका कृषि विज्ञहरूको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया