काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयर रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको अन्तिम कारोबार दिन आज बिहीबार २२ लाख ६२ हजार आठ सय ९४ दशमलव पाँच कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । सेयर रूपान्तरणपश्चात् कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ६०ः४० प्रतिशत पुगेको छ ।
पछिल्लो पटक प्रतिकित्ता नौ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएकोे कम्पनीको बजार पुँजीकरण भने २२ अर्ब ६० करोड ६३ लाख १५ हजार ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई अर्ब २६ करोड २८ लाख ९४ हजार चार सय रुपैयाँबराबरको दुई करोड २६ लाख २८ हजार नौ सय ४४ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया